Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

महिला साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

$
0
0


काठमाडौं, २८ फागुन । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप आजबाट शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र भुटानले प्रतिस्पर्धा गर्नेछ । विराटनगरस्थित शहिद रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

घरेलु मैदानको साफ जित्ने लक्ष्य लिएको नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने दाउमा छ । बलियो टोली बंगलादेश रहेको समूहको नेपाललाई दोस्रो चरणमा पुग्न भुटानलाई हराउँनै पर्ने हुन्छ । पछिल्लो समय नेपाली महिला फुटबल टोलीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । जसले प्रतियोगितालाई सहयोग गर्ने विश्लेषण भइरहेको छ ।

योसँगै नेपाललाई घरेलु समर्थकको साथ पनि हुनेछ । यस संस्करणको साफमा दक्षिण एसियाका ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपको समूह ’ए’ मा नेपाल, भुटान र बंगलादेश रहेको छ । समूह ’बी’ मा भारत, माल्दिभ्स र श्रीलंका छ ।

The post महिला साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles