पोखरा, २८ फागुन । पोखरा महानगरपालिकाले प्रत्येक वडामा एक खेल मैदानको पुर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ । सबै वडालाई पत्रचार गर्दै महानगरपालिकाले वडाले प्रस्ताव गरेको जग्गामा उपयुक्त खेलकुद पुर्वाधार बनाउने जनाएको छ ।
वडालाई महानगरपालिकाले जग्गासहित कुन पुर्वाधार बनाउने सबै पेश गर्नुपर्ने उल्लेख छ । महानगरपालिकाले आईतबार मात्रै पोखरा महानगरपालिकाका ३३ वटै वडालाई पत्राचार गरिसकेको छ ।
मेल मार्फत गरिएको पत्रचार कतिपय वडामा भने जानकारी नै नआएको जनाईरहेका छन् । सोमबार विदा भएकै कारण पनि इमेल नखोलिएको जनाइएको छ । महानगरपालिकाले यही फागुन मसान्तसम्मको म्याद राखेर परिपत्र गरेको हो ।
‘खेलकुद पुर्वाधार निर्माणको लागि केही बजेट विनियोजन गरिएको छ । योजना विनियोजनको लागि वडा समितिको माग र प्रस्तावको आधारमा खेल मैदान निर्माण कार्य अगाडि बढाउने योजना अनुसार वडा कार्यालयभित्र भलिबल तथा व्याडमिन्टन कोर्ट निर्माणको लागि आवश्यक रहेको भए यही मिति २०७५ फागुन ३० गतेसम्म प्रमुखको कार्यालय इमेल गरिदिनुहुन आदेशअनुसार अनुरोध छ ।’ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले उल्लेख गर्दै भने–‘आवश्यक डिजाईनसहित पठाईसकिएको छ । अब वडाहरुले त्यसको प्रतिक्रिया पठाउने छन् ।’
The post प्रत्येक वडामा एक खेल मैदान appeared first on Sajha Post.