काठमाडौँ, २८ फागुन । आज राति च्याम्पियन्स लिगमा दोेस्रो चरणको खेलमा युभेन्ट्सले एट्लेटिको मड्रिडसँग आमनेसामने गर्दैछ ।
यस सिजन युभेन्ट्समा गएका रोनाल्डोका कारण पनि युभेन्ट्सलाई निकै महत्वका साथ हेरिएको छ ।
पहिलो लिगमा दुई गोलले पछि परेको युभेन्ट्सले एट्लेटिकोविरुद्ध कमव्याक गर्ने अपेक्षा गरिएको छ ।
युभेन्ट्सबाट च्याम्पियन्स लिग जित्ने सपना देखेका रोनाल्डोले आज उत्कृष्ट खेल खेल्ने समिक्षकहरु बताउँछन् ।
उनीहरुले भनेका छन्, रोनाल्डो प्लस पोइन्ट भएका कारण पनि युभेन्ट्सले कमव्याक गर्दै अन्तिम आठमा स्थान बनाउनेछ ।
च्याम्पियन्स लिगमा यी दुवै टोलीलाई अभागि टोलीका रुपमा चिनिन्छन् ।
तर, यस सिजन केही अलग भएका कारण पनि विशेष मानिएको छ । एट्लेटिकोको डिफेन्स लाइन मजबुत भएका कारण पनि युभेन्ट्स आउट हुने सम्भावना बलियो भएको बताइएको छ ।
The post म्याच प्रिभ्युः रोनाल्डोको युभेन्ट्सले गर्ला त सानदार कमव्याक appeared first on Sajha Post.