Image may be NSFW.
Clik here to view.
काठमाडौँ, २८ फागुन । रियल मड्रिडका अध्यक्ष फ्लोरेटिनो पेरेजले भविष्यमा पिएसजी स्टार खेलाडीहरु नेयमार र काइलियन एमबाप्पे रियलमा अनुबन्ध हुने आशा व्यक्त गरेका छन् ।
रियलले आउने समरमा खेलाडीहरु अनुबन्ध गर्ने तयारी गरेको बताइएको छ ।
उनीहरुको पहिलो सुचीमा रहेको र अनुबन्ध गर्ने प्रक्रिया छिट्टै थालिने उनले बताएका छन् ।
यस सिजन झुर खेल प्रदर्शन गरेको रियलले गएराति प्रशिक्षक सोलारीलाई बर्खास्त गर्दै पुनः जिनेदान जिदानलाई नियुक्त गरेको थियो ।
जिदान र क्रिस्टियानो रोनाल्डोले एकैसाथ क्लब छोडेपछि यस सिजन क्लबले राम्रो खेल प्रदर्शन गर्न सकिरहेको छ्रैन । मिडिया रिपोर्टका अनुसार अर्को सिजन रियलले खेलाडी किन्नमा ठुलो धनराशि खर्चिने बताइएको छ ।
The post पिएसजीका दुई स्टार खेलाडी एमबाप्पे र नेयमारलाई रियलले अनुबन्ध गर्न सक्ने appeared first on Sajha Post.