काठमाडौँ, २९ फागुन । गएराति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो चरणको खेलमा दुई गोलले पछि परेको युभेन्ट्सले सानदार कमव्याक गर्दै एट्लेटिको मड्रिडलाई पराजित गर्न सफल भएको छ ।
समग्रमा युभेन्ट्सले ३-२ गोलको जित निकाल्दै अन्तिम ८ मा स्थान सुरक्षित बनाउन सफल भएको हो । युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । यो युभेन्ट्सको ऐतिहासिक जित हो । युभेन्ट्सले च्याम्पियन्स लिगमा कमव्याक गर्दै जितेको यो पहिलो खेल हो ।
रियल मड्रिडबाट ९९ मिलियन पाउण्डमा युभेन्ट्समा अनुबन्ध भएका रोनाल्डोले एट्लेटिकोविरुद्ध रियल पावर देखाएका थिए । उनले आफु अझै फिट एण्ड फाइन रहेको र जस्तोसुकै प्रतिस्पर्धाका लागि तयार रहेको सन्देश दिएका छन् ।
रियल मड्रिडलाई चार सिजन च्याम्पियन्स लिगको उपाधि जिताएका रोनाल्डो युभेन्ट्सबाट पनि च्याम्पिन्स लिग उपाधि जित्न चाहन्द्धन् । उनले च्याम्पियन्स लिगमा १२४ औ गोल सहित आठौं ह्याट्रिक पुरा गरेका छन् ।
खेलको २७ औ मिनेटमा युभेन्ट्लाई अग्रता दिलाएका रोनाल्डोले खेलको ४९ औ मिनेटमा दोस्रो गोल गरेका थिए ।
खेलको अन्तिम समयमा युभेन्ट्सले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै उनले गोल गरे र ह्याट्रिक पनि पुरा गरे ।
अन्ततः दुई गोलको अग्रता बनाएको एट्लेटिको निरिह सावित भयो र च्याम्पियन्स लिगबाट आउट हुन पुग्यो ।
The post च्याम्पियन्स लिगः एट्लेटिकोले देख्यो रोनाल्डोको रियल पावर, युभेन्ट्स अन्तिम आठमा प्रवेश appeared first on Sajha Post.