Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

साल्केको पोष्टमा म्यानचेस्टर सिटीले हान्यो सात गोल

$
0
0

काठमाडौँ, २९ फागुन । गएराति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लिगको खेलमा म्यानचेस्टर सिटीले साल्केविरुद्ध सात गोल हानेको छ ।

म्यानसिटीले समग्रमा १०–२ गोलले साल्केलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गर्न सफल भएको छ । सिटीले पहिलो लिगमा ३–२ को अग्रता लिएको थियो ।

खेलको ३५ औ मिनेटमो सर्जियो अग्युरोको पेनाल्टीमार्फत गोल गर्दै म्यान्चेष्टर सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३८ औ मिनेटमा उनले नै सिटीका लागि दोस्रो गोल गरे । खेलको ४२ औ मिनेटमा लिओरो सानेले गोल गरे ।

यस सिजन उच्च फर्ममा रहेका रहिम स्टर्लिङले ५६ औ मिनेटमा गोल गरे । बेर्नाल्डो सिल्भाले खेलको ७१ औ मिनेटमा गोल गरे ।

यस सिजन पेप गुवार्डीवालको मन जित्न सफल खेलाडी फिल फोडिनले पनि खेलको ७८ औ मिनेटमा गोल गरे ।
खेलको ८४ औ मिनेटमा ग्याब्रियल जिससले सिटीका लागि सातौ गोल गरे । यो जितसँगै सिटी अन्तिम आठमा प्रवेश गरेको छ ।

The post साल्केको पोष्टमा म्यानचेस्टर सिटीले हान्यो सात गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles