Image may be NSFW.
Clik here to view.
काठमाडौं, २२ चैत । अन्तिम ओभरमा कार्लोस् ब्रेथवेटको चामत्कारिक चार छक्काले वेष्टइण्डिज टी-२० विश्वकप क्रिकेटको उपाधि चुम्न सफल भएको छ ।
इंग्ल्याण्डले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउने क्रममा वेष्टइण्डिजलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो । तर बेन स्टोकको बललाई ब्रेथवेटले चामत्कारिकरुपमा लगातार चार छक्कामा बदलिदिए र अन्तिम दुई बल खेल्नु अगावै वेष्ट इन्डिजलाई उपाधि चुमाए । ब्रेथलेट र मर्लोन सामुअल क्रमशः ३४ र ८५ रनमा अविजित रहे ।
खराब सुरुवात गरेको वेष्टइण्डिजले ११ रन जोड्दा नै ३ विकेट गुमाइसकेको थियो । आन्द्रे रसेल, डवेन सामी र क्रिस गेलको अप्रत्याशित पतनसँगै वेष्ट इण्डिजको अप्ठेरो अवस्थामा डवेन ब्राभो र सामुअलले केही राहत दिए । यद्यपि ब्राभो २५ रनमा आउट भए ।
इडन गार्डेन कोलकत्तामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन जोडेको थियो ।
The post अन्तिम ओभरमा ब्रेथवेटको चार छक्काले वेष्टइण्डिज बन्यो च्याम्पियन (भिडियोसहित) appeared first on Sajha Post.