Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ब्राथवेटले अन्तिम ओभरमा ४ छक्का हानेपछि रोएका इंग्लीश बलरले यसो भने

$
0
0

कोलकात्ता, २२ चैत । वेष्ट इण्डिजले आइतबार अन्तिम ओभरमा ४ छक्का प्रहार गर्दै दोस्रोपटक ट्वेन्टी-ट्वेन्टी विश्वकपको उपाधि उचाल्यो । अन्तिम ओभरमा १९ रन चाहिएको अवस्थामा कार्लोस ब्राथवेटलले लगातार चार बलमा छक्का प्रहार गरेपछि २ बलअगावै वेष्ट इण्डिजले उपाधिमा कब्जा जमायो ।

Ben Stokes

अन्तिम ओभर बलिङ गरेका इंग्ल्याण्डका स्टार अलराउण्डर बेन स्टोक्स टाउको समातेर थचक्क भूइँमा बसे । उनको आँखाबाट आँसु झर्न थाल्यो । वेष्ट इण्डिज र उसका समर्थकहरु खुसी मनाइरहँदा स्टोक्स भने रोइरहेका थिए ।

उनले यो पीडाको घडिमा विश्वभरबाट सान्त्वना पाइरहेका छन् । म्याचपछि स्टोक्सले ट्वीटरमार्फत आफ्नो निरासा व्यक्त गरेका छन् । साथै उनले आफ्नो पीडाको क्षणमा साथ दिने सबैलाई धन्यावाद पनि दिएका छन् ।

स्टोक्सले लेखेका छन्, ‘निरासाजनक अन्तिम ओभरपछि सबैबाट पाएको सहानुभूतिका लागि धेरै धन्यावाद । मलाई आफ्नो देशकातर्फबाट विश्वकप फाइनल खेल्न पाएकोमा गर्व छ ।’

न्यूजिल्याण्डमा जन्मिएका यी इंग्लीश क्रिकेटरले फाइनल अघि ट्वीट गरेका थिए, ‘म बचपनमा यही दिनको सपना देख्ने गर्दथेँ ।’

हिजोको अन्तिम चार बल सायद उनले आफ्नो जीवनमा कहिल्यै भूल्ने छैनन् ।

 

The post ब्राथवेटले अन्तिम ओभरमा ४ छक्का हानेपछि रोएका इंग्लीश बलरले यसो भने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles