Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सागमा स्वर्ण र बंगबन्धु गोल्डकप जित्ने खेलाडीले पाउने भए जनही १० लाख

$
0
0

काठमाडौं, २४ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बङ्गबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही १०/१० लाख दिने निर्णय गरेको छ ।

Nepali Football Team 2016एन्फा कम्प्लेक्स सातदोबाटो, ललितपुरमा बुधबार बसेको एन्फा कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअन्तर्गत केही महिनाअघि बङ्गलादेशमा भएको बङ्गबन्धुको उपाधि जितेका राष्ट्रिय टोलीका सदस्यलाई जनही पाँच लाख तथा लगत्तै भारतमा सम्पन्न सागमा स्वर्ण विजेता २३ वर्षमुनि (यु–२३)को टोलीका सदस्यलाई समान पाँच लाख प्रदान गरिने छ ।

बङ्गबन्धु गोल्डकप जित्दाको राष्ट्रिय टोलीमा युवा खेलाडीको बाहुल्यता थियो । पछि तिनै खेलाडीको बाहुल्यता भएको युवा टोलीले सागमा स्वर्ण जितेका थिए । तसर्थ, दुवै उपाधि जित्दा अधिकांश तिनै खेलाडी भएकाले उनीहरुले जनही १० लाख पाउने भएका छन् ।

त्यस्तै, साग रजत पदक हात पारेका महिला राष्ट्रिय टोलीका सदस्यलाई जनही एक लाख दिने निर्णय भएको छ ।

त्यसैगरी, बैठकले गत वैशाखको भूकम्पपछिको दुर्घटनामा निधन भएका तत्कालीन कावा अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा २०७३ सालदेखि हरेक वर्ष ‘यु–१६ फुटबल प्रतियोगिता’ गर्ने निर्णय गरेको छ ।

देशव्यापी रुपमा फुटबलको विकास गर्ने योजनाअनुरुप ल्याइएको ‘पाइलट प्रोजेक्ट’ अर्को वर्षदेखि मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा सुरु गर्ने र यसलाई लागू गर्न जिल्ला फुटबल सङ्घ र स्थानीय क्लबलाई सहयोग र सहकार्य गर्दै अघि बढ्ने योजना एन्फाको छ ।

कावा अध्यक्ष नरेन्द्र श्रेष्ठले नेतृत्वमा बसेको बैठकले ‘ए’ डिभिजन क्लबलाई अनुमतिपत्र दिने, ‘बी’ डिभिजनका लागि प्रक्रिया अघि बढाउने तथा एसियाली फुटबल महासङ्घ (एएफपी) र नेपाली क्लबको सम्बन्ध विस्तारका लागि पहल गर्नेलगायतका निर्णय गरिएको एन्फाले जनाएको छ । रासस

The post सागमा स्वर्ण र बंगबन्धु गोल्डकप जित्ने खेलाडीले पाउने भए जनही १० लाख appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles