काठमाडौं, १७ चैत । एसिसी इमर्जिङ कपमा आज नेपालले समुह चरणको अन्तिम खेल हङकङसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग ६ विकेट र दोश्रो खेलमा आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको नेपाल प्रतियोतिाबाट भने बाहिरिसकेको छ ।
प्रतियोगिताबाट बाहिरिसकेकाले आजको खेलले प्रतियोगिता यात्रामा कुनै अर्थ नराखेपनि आइसिसीका दुई एसोसियट सदस्यबीचको खेल भएकाले प्रतिष्ठाका लागि भने यो खेल नेपाली क्रिकेटका लागि महत्वपूर्ण हुने खेल विश्लेषकहरुको भनाइ छ ।
The post एसिसी इमर्जिङ कपमा आज हङकङको सामना गर्दै नेपाल appeared first on Sajha Post.