Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

साफ फुटबलः फाइनलमा नेपाल भारतसँग भिड्ने

$
0
0

विराटनगर, ६ चैत । पाँचौँ महिला साफ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइन खेलमा भारतले बङ्गलादेशलाई ४–० गोलले पराजित गरेको छ । भारतले अब फाइनल खेल नेपालसँग खेल्नेछ ।

विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा भारतीय खेलाडी इन्दुमती कथरेसाले दुई तथा डालिमा छिबर र मनिषाले एक/एक गोल गरिन् । भारतका लागि खेलको १७औँ मिनेटमा छिबरले पहिलो गोल गरिन् भने कथरेसाले २२औँ मिनेटमा अर्को गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् ।

यस्तै खेलको ३७औँ मिनेटमा कथरेसाले व्यक्तिगत दोस्रो गोल गरी भारतलाई ३–० को अवस्थामा पुर्‍याइन् । खेल सकिन केही मिनेट बाँकी छँदा भारतीय खेलाडी मनिषाले गोल गर्दै भारतलाई ४–० गोलले जिताइन् । शुक्रबार नेपाल र भारतबीच फाइनल खेल हुनेछ । भारत पाँचौँ पटक फाइनलमा पुगेको हो । रासस

The post साफ फुटबलः फाइनलमा नेपाल भारतसँग भिड्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles