काठमाडौँ, ८ चैत । युरो क्वालिफिकेशनको ग्रुप आईको खेलमा रसिया बेल्जियमसँग ३-१ गोलले पराजित भएको छ ।
खेलको १४ औँ मिनेटमा योरी टाइलीम्यानले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए ।
तर, खेलको १६ औँ मिनेटमा नै रसियाका लागि डेनिस चेरिसेभले बराबरी गोल फर्काए ।
खेलको ४५ औ मिनेटमा इडिन हजार्डले गोल गरे ।
उनले पेनाल्टीमार्फत गोल गरे । खेलको ८८ औँ मिनेटमा इडिन हजार्डले नै गोल गरे । यस सिजन उच्च फर्ममा रहेका इडिन हजार्डले बेल्जियमलाई जित दिलाउन प्रमुख भुमिका देखाए ।
The post बेल्जियमको जितमा इडिन हजार्डको दुई गोल appeared first on Sajha Post.