काठमाडौँ, ११ चैत । युरोकप छनोटको पहिलो खेलमा क्रोएसिया हंगेरीसँग २-१ गोलले पराजित भएको छ ।
रेबिकले खेलको १३ औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, खेलको ३४ औं मिनेटमा स्जलाईले गोल गर्दै हंगेरीका लागि बराबरी गोल फर्काए ।
खेलको ७६ औं मिनेटमा पट्काईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए ।
त्यस्तै गएराति भएको अर्को खेलमा वेल्सले स्लोभाकियालाई १-० गोलले पराजित गरेको छ । वेल्सलाई जित दिलाउन ड्यानियल जेम्सले निर्णायक गोल गरे ।
The post क्रोयसिया पराजित appeared first on Sajha Post.