काठमाडौँ, १२ चैत । गएराति भएको खेलमा उरुग्वेले थाईल्याण्डलाई ४-० गोलले पराजित गर्दै लगातार दोस्रो पटक चाइना कप फुटबलको उपाधि जितेको छ ।
उरुग्वेलाई जित दिलाउन माटियास भेसिनो, गास्टोन पेरिरो, क्रिस्टियन स्टुवानी र म्याक्सीमिलानो गोमेजले एक एक गोल गरे ।
उरुग्वेका लागि खेलको छैटौं मिनेटमा भेसिनोले गोल गर्दै अग्रता दिलाएका थिए । उरुग्वेका लागि खेलको ३८ औं मिनेटमा पेरिरोले गोल गरे ।
खेलको ५८ औं मिनेटमा स्टुवानीले गोल गरे । खेलको ८८ औं मिनेटमा गोमेजले गोल गरे । सहज जितसँगै उरुग्वेले उपाधि पनि जित्न सफल भएको छ ।
The post उरुग्वेले जित्यो चाइना कपको उपाधि appeared first on Sajha Post.