काठमाडौँ, १३ चैत । गएराति भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले चेक रिपब्लिकलाई ३-१ गोलले पराजित गर्न सफल भएको छ ।
खेलमा अग्रता भने चेक रिपब्लिकले लिएको थियो । चेकका लागि डेबिड पाभाल्काले ३७ औ मिनेटमा गोल गरेका थिए । तर, त्यसपछि खेलमा ब्राजिलले कमव्याक गरेको थियो ।
खेलको ४९ औ मिनेटमा फिर्मिन्होले बराबरी गोल फर्काएका थिए । खेलको ८३ औ मिनेटमा जिससले गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाउन सफल भए । यस सिजन उच्च फर्ममा रहेका उनले खेलको अन्तिम मिनेटमा गोल गर्दै ब्राजिलका लागि सहज जित निकाल्न सफल भए ।
त्यस्तै गएराति नै भएको अर्को खेलमा अजेीन्टिनाले मोरक्कोलाई १-० गोलले पराजित गरेको छ । अर्जेन्टिनाका लागि एकमात्र गोल कोर्याले गरेका थिए ।
The post ब्राजिल र अर्जेन्टिना विजयी appeared first on Sajha Post.