Quantcast
Viewing all articles
Browse latest Browse all 7991

इण्डियन प्रिमियर लिग: चेन्नई सुपर किङ्स विजयी

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १३ चैत । गएराति भएको इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटललाई ६ विकेटले पराजित गर्न सफल भएको छ । यो चेन्नईको लगातार दोस्रो जित हो ।

टस जितेर व्याटिङ रोजेको दिल्लीले चेन्नईलाई १४८ रनको लक्ष्य दिएको थियो । चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

चेन्नईका लागि शेन वाट्सनले ४४ रनको योगदान, कप्तान महेन्द्र सिंह धोनीको अविजित ३२ रन, सुरेश रैनाको ३० र केदार जादबले २७ रन बनाउन सफल भएका थिए । दिल्लीका अमित मिश्राले २ विकेट लिए ।

सुरुवाती व्याटिङ रोजेको दिल्लीका लागि शिखर धवनले ५१ रन, ऋषब पन्तले २५, पृथ्वी शले २४ रन बनाउन सफल भएका थिए । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए ।

दोस्रो र महत्वपुर्ण खेलमा पनि दिल्लीले नेपाली टोलीका लेग स्पिनर सन्दीपलाई मैदान उर्तान चाहेन ।

जितसंगै चेन्नईले २ खेलमा ४ अंक जोडेको छ । दिल्लीले २ खेलबाट २ अंक जोडेको छ ।

The post इण्डियन प्रिमियर लिग: चेन्नई सुपर किङ्स विजयी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles