Quantcast
Viewing all articles
Browse latest Browse all 7991

एमबाप्पेलाई रियलमा अनुबन्ध गर्न जिदानले थाले प्रयास

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १२ चैत । रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले पिएजीका स्टार खेलाडी काइलियन एमबाप्पेलाई अनुबन्ध गर्न प्रयास गरेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार नेयमारभन्दा पनि एमबाप्पे जिदानको पहिलो रोजाइको खेलाडी रहेका छन् । रियलले बिगत १० वर्षदेखि स्तरीय खेलाडी अनुबन्ध गरेको छैन ।

यही कारणले पनि यस सिजन दुई जना प्रशिक्षकले रियललाई गतिलो नतिजा दिन सकेनन् । अन्ततः उनीहरु बर्खास्तमा परे । रियल छोडेको केही महिनापछि नै जिदान पुनः क्लबमा अनुबन्ध भए ।

यस सिजन उच्च फर्ममा रहेका एमबाप्पेले रियलको यात्रा गर्ने ठुलो सम्भावना रहेको बताइएको छ । रियलले स्तरीय खेलाडी अनुबन्ध गर्न कुनै कसर बाँकी नराख्ने बताइसकेको छ ।

The post एमबाप्पेलाई रियलमा अनुबन्ध गर्न जिदानले थाले प्रयास appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles