Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आइपिएलः कोलकत्ताविरुद्ध पहिलो रोजाईमा सन्दीपको इन्ट्री

$
0
0


काठमाडौं, १६ चैत । नेपाली स्पिनर सन्दीप लामिछाने नयाँ सिजनको आइपिएलमा आज पहिलो खेल खेल्दैछन् । दिल्ली क्यापिटल्सका लागि कोलकाता नाइट राईडर्सविरुद्ध खेलमा उनी पहिलो रोजाइमा परेका छन् ।

विदेशी खेलाडीको रुपमा आजको खेलमा दिल्ली क्यापिटल्सले सन्दीप र क्रिस मोरीसलाई रोजेको हो । यसअघि खेलेका विदेशी खेलाडी किमो पल आज टिम बाहिर छन् । आजको खेलमा दिल्लीले अमित मिश्रा र सन्दीपलाई स्पिनरको रुपमा मैदानमा उतारेको छ ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ भने कोलकताले ब्याटिङको निम्तो पाएको छ ।

यी हुन् सन्दीपको टिमका खेलाडीहरु-

शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, हनुमा विहारी, कागिसो रबाडा, सन्दीप लामिछाने, अमित मिश्रा, हर्षल पर्टेल

The post आइपिएलः कोलकत्ताविरुद्ध पहिलो रोजाईमा सन्दीपको इन्ट्री appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles