Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोसँग खेल्न नपाउँदा खल्लो लागेको छः मेसी

$
0
0

फाइल फोटो

एजेन्सी, १६ चैत । अर्जेन्टिनी फरवार्ड तथा बार्सिलोनाका कप्तान लिओनेल मेसीले रोनाल्डोसँग खेल्न नपाउँदा खल्लो लागेको अनुभूति बाँडेका छन् ।

जारी सिजनको सुरुवातमा ला लिगा क्लब रियल म्याड्रिड छाडेर युभेन्ट्स पुगेका फरवार्ड क्रिस्टियानो रोनाल्डोले लिगको बेग्लै इज्जत बढाएको उनको भनाई थियो । उनले रोनाल्डोलाई ‘मिस’ गरिरहेको पनि बताए ।

रियललाई ५ सिजनमा ४ च्याम्पियन्स लिग उपाधि जिताएका रोनाल्डो पछिल्लो युभेन्टस भित्रिएका हुन् । उनले नयाँ क्लबमा पनि शानदार प्रदर्शनलाई जारी राखेका छन् ।

च्याम्पियन्स लिगको ड्र अनुसार मेसी र रोनाल्डोको टोलीको भेट फाइनल अघि नै हुन मुस्किल छ । स्पेनिस लिगमा म्याड्रिड बार्सिलोनाभन्दा १२ अंकले पछाडी परेपछि रोनाल्डो बिना प्रतिष्पर्धा पनि घटेको मेसीको बुझाई छ ।

उनले भने, ‘मैले क्रिस्टियानोलाई मिस गरिरहेको छु, लिगमा उनले उपाधि धेरै नजितेपनि लिगको इज्जत बढाउन ठूलो भूमिका खेले । अहिले युभेन्ट्स च्याम्पियन्स लिगको बलियो दावेदार भएको छ ।’

The post रोनाल्डोसँग खेल्न नपाउँदा खल्लो लागेको छः मेसी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles