काठमाडौँ, १९ चैत । क्लब म्यानेजरको आम्दानी पनि कुनै स्टार खेलाडीहरुको भन्दा कमी रहेको छैन । हालै सार्वजनिक गरिएको एक रिपोर्ट अनुसार सर्वाधिक कमाइ गर्ने प्रशिक्षकमा एट्लेटिको मड्रिडका प्रशिक्षक रहेका छन् ।
उनको कमाई ४१ मिलियन युरो रहेको छ । लामो समय एट्लेटिकोमा बिताएका उनले एउटा ला लिगा उपाधि जिताउन सफल भएका छन् ।
यस सिजन भने बार्सिलोनालाई टक्कर दिन उनी असफल देखिएका छन् । तर, उनको कमाइ भने लोभलाग्दो रहेको छ ।
यी हुन् सर्वाधिक कमाइ गर्ने प्रशिक्षकहरु
इर्नेस्टो भल्भरडेः बार्सिलोना
कमाइः २३ मिलियन युरो
पेप गुवार्डीवालाः म्यानचेस्टर सिटी
कमाइः २४ मिलियन युरो
थियरी हेनरीः पुर्व मोनाकोका प्रशिक्षक
कमाइः २५.५ मिलियन युरो
होसे मोरिन्होः पुर्व म्यानचेस्टर युनाइटेका प्रशिक्षक
कमाइः ३१ मिलियन युरो
डियगो साइमनः एट्लेटिको मड्रिड
कमाइः ४१ मिलियन युरो
The post यी हुन् सर्वाधिक कमाइ गर्ने प्रशिक्षकहरु appeared first on Sajha Post.