काठमाडौं, १९ चैत । अर्जेन्टिनामा जारी १२ औँ संस्करणको विश्वकप फुटसलको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
आज भएको पहिलो खेलमा नेपाल अमेरिकासंग २–१ गोल अन्तरले पराजित भएको हो । पहिलो पटक फुटसलको विश्वकप खेलेको नेपालका लागि कप्तान समिर कार्कीले एक गोल गरेपनि नेपालले जित्न सकेन ।
अमेरिकाका लागि कुन्हा र लोपेशले एक एक गोल गरेका थिए । विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो ।
नेपाल समूह ’डी’ मा रहेको नेपालले अब दोस्रो खेलमा फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
The post विश्वकप फुटसलको पहिलो खेलमा नेपाल पराजित appeared first on Sajha Post.