Quantcast
Viewing all articles
Browse latest Browse all 7991

रोहितको कप्तानीमा यू-१९ टोली

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, १९ चैत । नेपालले आईसीसी यू-१९ विश्वकप छनोट एसियाका लागि १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।
टोलीको नेतृत्व रोहितकुमार पौडेलको पाएका छन् । यो प्रतियोगिता अप्रिल १० देखि १८ सम्म मलेसियामा आयोजना हुँदै छ । टोली शनिबार मलेसिया जानेछ ।

रोहितसहित नेपाली टोलीमा अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आशिफ शेख, पवन सर्राफ, प्रतिश जिसी, रशिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् । त्यसैगरी, वैकल्पिकमा आकाश चन्द, लोकेशबहादुर बम, रविकुमार साह र शेर मल्ल छन् ।

नेपाली यू-१९ टोलीको प्रशिक्षकमा विनोद दास, व्यवस्थापकमा रमन सिवाकोटी र फिजियोमा विक्रम न्यौपाने छन् ।

५० ओभरको प्रतिस्पर्धामा नेपालले अप्रिल १२ मा सिंगापुर, १३ मा यूएईसँग, १५ मा मलेसिया, १६ मा ओमान र अप्रिल १८ मा कुवेतसँग खेल्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार राउन्ड रोबिनमा सहभागी ६ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यसपछि समूहको शीर्षस्थानमा रहने टोली विजेता हैसियतमा सन् २०२० मा दक्षिण अफ्रिकामा हुने आईसीसी यू-१९ विश्वकपमा छानिने छ ।

The post रोहितको कप्तानीमा यू-१९ टोली appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles