Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको नमिठो हार

$
0
0

काठमाडौँ, २० चैत । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई उल्भ्सले २-१ गोलले पराजित गरेको छ ।

यस सिजन उच्च फर्ममा देखिएको म्यानुलाई उल्भ्सले हारको स्वाद चखाएको हो । अन्तरिम प्रशिक्षक हुँदा ओले गनर प्रिमियर लिगमा एक खेलमात्र पराजित भएका थिए ।

तर, स्थायी प्रशिक्षक भएपछि उनी दोस्रो खेलमा नै पराजित भएका हुन् । खेलमा म्यानुले अग्रता लिएको थियो । म्यानुका लागि म्याक टोमिनेले खेलको १३ औँ मिनेटमा गोल गरेका थिए ।

खेलको २५ औँ मिनेटमा डियगो जोटाले बराबरी गोल फर्काए ।

खेलको म्यानुलाई पहिलो झट्का लाग्यो । म्यानुका खेलाडी यस्ले योङ रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । खेलको ७७ औँ मिनेटमा अर्को झट्का लाग्यो ।

म्यानुका क्रिस स्मलिङले आत्मघाती गोल गरे । यो जितसँगै उल्भ्सको ३२ खेलमा ४७ अंक भएको छ । म्यानु ६१ अंकका साथ लिगको पाँचौँ स्थानमा रहेको छ ।

The post प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको नमिठो हार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles