काठमाडौँ, २१ चैत । गएराति भएको प्रिमियर लिगमा चेल्सीले ब्राइटन एण्ड होभ एल्भियनलाई ३-० गोलले पराजित गरेको छ ।
यो जितसँगै चेल्सीको शिर्ष चारमा स्थान बनाउने सपना अझै जिवितै बनेको छ ।
चेल्सीको जितमा ओलिभर जिरोर्ड, इडिन हजार्ड र रुवेन लफट्स चिकले एकएक गोल गरे ।
चेल्सीका लागि खेलको ३८ औँ मिनेटमा ओलिभर जिरोर्डले गोल गर्दै अग्रता दिलाए ।
खेलको ६० औँ मिनेटमा इडिन हजार्डले गोल गरे । खेलको ६३ औँ मिनेटमा लफट्स चिकले गोल गरे । यो जितसँगै चेल्सीको ३२ खेलमा ६३ अंक भएको छ । चेल्सी लिगको पाँचौँ स्थानमा रहेको छ ।
The post चेल्सीको सहज जित, शिर्ष चारमा स्थान बनाउने आशा जिवितै appeared first on Sajha Post.