काठमाडौँ, २१ चैत । पाँच खेलपछि अन्ततः टोटनहमलाई जित हासिल गर्न सफल भएको छ ।
टोटनहमको घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेस २-० गोलले पराजित भएको हो ।
टोटनहमका लागि सन र क्रिस्टियन इरिकसनले गोल गरे ।
खेलको ५५ औँ मिनेटमा सनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए ।
खेलको ८० औँ मिनेटमा इरिकसनले गोल गरेका थिए । यो जितसँगै टोटनहमको ३२ खेलमा ६४ अंक भएको छ । ३६ अंकका साथ क्रिस्टल प्यालेस लिगको १३ औँ स्थानमा रहेको छ ।
The post टोटनहमले क्रिस्टल प्यालेसलाई हरायो appeared first on Sajha Post.