Image may be NSFW.
Clik here to view.
काठमाडौँ, २१ चैत । यस सिजनको इण्डियन प्रिमियर लिगमा चेन्नइले पहिलो हार व्यहोरेको छ । चेन्नई सुपर किङ्गस मुम्बई इण्डियन्ससँग ३७ रनले पराजित भएको हो ।
तीन खेलमा सानदार जित निकालेको चेन्नईलाई मुम्बईले हारको स्वाद चखाएको हो ।
टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले १७० बनाएको थियो । १७१ रनको लक्ष्य पाएको चेन्नईले ८ विकेट गुमाउँदै १३३ रन मात्र बनाएको थियो ।
चेन्नईका लागि केदार जादबले ५८ रन, सुरेश रैनाले १६ रन, कप्तान महेन्द्र सिंह धोनी १२ रन, शार्दुल ठाकुरले १२ रन बनाएका थिए । मुम्बईका लाथिस मालिंगा र हार्दिक पाण्डयले तीनतीन विकेट लिए । जासन बेन्ड्रोफले २ विकेट लिए ।
मुम्बईले २० ओभर खेल्दै ५ विकेट गुमाएर १७० रन जोडेको थियो ।
मुम्बईका लागि सुर्य कुमार यादवले ५९ रन, कुर्नल पाण्डयले ४२ रन, हार्दिक पाण्डयले २५ रनको योगदान गरे । उसका लागि दिपक चाहर, रोहित शर्मा,इमरान ताहिर,रविन्द्र जडेजा र ड्याने ब्राभोले समान एक एक विकेट लिए ।
चार खेलबाट चार अंक जोडेको मुम्बई छैटौं स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको चेन्नईको ६ अंक रहेको छ ।
The post इण्डियन प्रिमियर लिगः मुम्बईले चेन्नईलाई हरायो appeared first on Sajha Post.