Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फिफा बरियामा बेल्जियम शिर्ष स्थानमा, नेपाल पुरानै स्थानमा कायम

$
0
0


काठमाडौं, २१ चैत । फिफा वरियतामा नेपाल थयास्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यसअघिको आफ्नो स्थानमा कायम छ ।

नयाँ वरियता अनुसार यथावत रहेको नेपाल १ सय ६१ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १ सय ६१ औं स्थानमा नै रहेको थियो । नेपालले हालै कुवेतसँग २ मैत्रीपुर्ण खेल खेलेको थियो । जसको एक खेलमा नेपालले हार र एक खेलमा बराबरी गरेको थियो ।

दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ औं र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल रहेको भुटान १ सय ८६ औं, बंगलादेश १ सय ८८ औं, पाकिस्तान २ सय र श्रीलंका २ सय २ स्थानमा रहेको छ ।

विश्व वरियतामा क्रमशः बेल्जियम शीर्ष, फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेको छ ।

The post फिफा बरियामा बेल्जियम शिर्ष स्थानमा, नेपाल पुरानै स्थानमा कायम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles