नयाँ दिल्ली, २१ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता अन्र्तगत आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।
दिल्लीको फिरोज साह कोटला मैदानमा भइरहेको खेलमा दिल्ली श्रेयस अयर र हैदरावाद केन विलियम्सनको कप्तानीमा मैदानमा उत्रिएका छन् ।
खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि सनराइजर्स हैदरावादसँगको खेलमा पहिलो रोजाइमा परेपछि प्लेइङ ११ मा अटेका छन् । दिल्लीले आजको खेलर्मा तीन खेलाडी परिवर्तन गरेको छ । ईशान्त शर्मा,अक्षर पटेल र राहुल तवेतिया कमब्याक गरेका छन् ।
दिल्ली क्यापिटलले टस हारेर ब्याटिङको निम्तो पाएको छ । १२ औं संस्करणको आईपीएलमा ४ खेल खेलेको दिल्ली २ अङ्क सहित अङ्क तालिकाको पाँचौ स्थानमा छ । ३ खेल खेलेको हैदरावाद ४ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।
दिल्लीको प्लेइङ ११ : शिखर धवन,पृथ्वी शा,श्रेयस ऐर (कप्तान, ऋषभ पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, अक्षर पर्टेल,कागिसो रबाडा, सन्दीप लामिछाने, राहुल तवेतिया र ईशान्त शर्मा ।
The post अमित मिश्रलाई बेञ्चमा राख्दै सन्दीप प्लेइङ ११ मा appeared first on Sajha Post.