एजेन्सी, २१ चैत । विश्व प्रसिद्ध फुटबलका लिजेण्ड पेले अस्पताल भर्ना भएका छन् ।
पिसाबसम्बन्धि समस्या देखिएपछि उनलाई आज फ्रान्सको पेरिसस्थित एक अस्पतालमा भर्ना गरिएको हो । ‘द ब्ल्याक पर्ल’ ले परिचित ७८ वषर्का पेलेको पिसाबमा संक्रमण भएको उनका प्रवक्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बुढ्यौलीले छुँदै गर्दा उनी पटक पटक बिरामी पर्ने गरेका छन् ।
The post फुटबलर पेले अस्पतालमा appeared first on Sajha Post.