काठमाडौँ, २२ चैत । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पोउल पोग्वाले क्लब छोड्ने हल्ला चलिरहँदा पुर्व म्यानुका खेलाडी जेस्पर ओलसनले कडा प्रतिक्रिया दिएका छन् । पोग्वाले यदी म्यानुबाट नखेल्ने मनस्थिति बनाइसकेको भए क्लब छोड्दा उचित हुने उनले बताएका छन् ।
पोग्वाले पनि रियलका प्रशिक्षक जिदानसँग काम गर्ने इच्छा देखाएको र जिदानसँग छलफल समेत गरेको मिडिया रिपोर्टमा उल्लेख भएको थियो । यस सिजन उनी सर्वाधिक विवादमा रहेका थिए । पुर्व प्रशिक्षक मोरिन्होसँगको सम्बन्धका कारण उनी विवादमा रहेका थिए भने प्रशिक्षक ओले गनर आएपछि उनको फर्किएको लयलाई लिएर चर्चामा रहेका थिए ।
जेस्परले भनेका छन्, ‘यदी क्लबबाट खेल्न सक्दैनौ भने आफु र क्लबलाई पनि भ्रममा नराख । क्लब छोड्दा नै राम्रो हुन्छ । तिमीबिना पनि क्लब अगाडि बढ्न सक्छ ।’
The post ‘यदी म्यानचेस्टर युनाइटेडका लागि खेल्न सक्दैनौँ भने क्लब छोड्दा हुन्छ’ appeared first on Sajha Post.