काठमाडौँ, २२ चैत । साविक विजेता म्यानचेस्टर सिटी यस सिजन झन् लयमा रहेको छ । यस सिजन म्यान सिटीलाई कडा प्रतिस्पर्धा दिएको लिभरपुल पनि उपाधि होडमा रहेको छ ।
दुवै टोली च्याम्पियन्स लिग जित्ने दाउमा पनि रहेका छन् । तर, लिभरपुलका प्रशिक्षक उर्गेन क्लपले म्यान सिटीले तीनवटै उपाधि जित्ने सम्भावना बढी रहेको बताएका छन् ।
प्रिमियर लिगको शिर्षस्थानमा रहेको म्यान सिटीको ८० अंक रहेको छ । लिभरपुलको ७९ अंक रहेको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यान सिटीले टोटनहमसँग प्रतिस्पर्धा गर्दैछ ।
सबै खेलाडी फिट एण्ड फाइन रहेको र पेप ग्वार्डीवालाको रणनीतिले काम गरिरहेको क्लपले बताएका छन् ।
बार्सिलोना र युभेन्ट्स घरेलु लिगमा बलिया टोली देखिए पनि म्यान सिटी जति बलियो नदेखिएको उनले बताए । म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गर्दै लिग कप उपाधि जितिसकेको छ ।
The post म्यानचेस्टर सिटीले तिनवटै उपाधि जित्न सक्ने appeared first on Sajha Post.