Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुललाई जित्नै पर्ने दबाब

$
0
0

काठमाडौँ, २२ चैत । शनिबार राति प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्टनविरुद्ध खेल खेल्दैछ ।

यस सिजन उपाधि होडमा रहेको लिभरपुल लिगको दोस्रो स्थानमा रहेको छ । लिभरपुलले साउथह्यामटनको घरेलु मैदानमा खेल खेल्दैछ ।

यस सिजन खासै गतिलो खेल खेल्न नसकेको साउथह्याम्टनका लागि रेलिगेशनबाट बच्नु नै ठुलो उपलब्धि हुनेछ ।

म्यानचेस्टर सिटीलाई पछ्याउन र पछि पार्न लिभरपुलले खेल जित्नै पर्ने दबाब रहेको छ ।

लिभरपुलले साउथह्याम्टनलाई पराजित गर्न सक्ने र लिगको शिर्षस्थानमा पुनः उक्लिन सक्ने बताएका छन् ।

पहिला जस्तो बलियो टोली साउथह्याम्टन नरहेको उनीहरुको भनाइ छ । साउथह्याम्टन लिगको १६ औँ स्थानमा रहेको छ भने लिभरपुल लिगको दोस्रो स्थानमा रहेको छ ।

The post लिभरपुललाई जित्नै पर्ने दबाब appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles