नयाँ दिल्ली, २३ चैत । इन्डिन प्रिमियर लिग (आईपीएल)को शनिबार बेलुका सम्पन्न खेलमा किंग्स इलाभेन पञ्जाबलाई २२ रनले हराउँदै चेन्नई सुपर किंग्स अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।
चेन्नईले प्रस्तुत गरेको १ सय ६१ रनको मध्यम लक्ष्य पछ्पाएको पन्जाव निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन मात्र बनाउन सक्यो । पन्जावका लागि सरफराज खानले ६७ रनको उत्कृष्ट इनिङ्स खेले पनि टिमको पराजय रोक्न सकेनन् । उनले ५९ बलमा ४ चौका र २ छक्का हिर्काए । ओपनर केएल राहुनले ४७ बलमा ३ चौका र १ छक्कासहित ५५ रन जोडे । पञ्जाबका अन्य खेलाडीहरु खासै चल्न सकेनन् । अरु कसैले पनि दोहोर रन जोड्न सकेनन् ।
त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६० रन जोडेको थियो । चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले ३८ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ५४ रनको योगदान गरे । त्यसैगरी सेन वाट्शनले २६, सुरेश रैनाले १७ रन जोडे । पन्जावका लागि कप्तान रविचन्द्र आश्विनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।
कप्तान महेन्द्रसिंह धोनी २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा अविजित रहेर विजयको लागि निर्णायक रन जोडे । आम्बाती रायडूले १५ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २१ रनमा नट आउट रहे । धोनीले १९ औं ओभरमा साम करनलाई १ छक्का र २ चौका सहित १९ रन बटुल्न सफल भएका थिए । चेन्नईको जितमा हरभजन सिंह र स्कर्ट कुग्गेलेजइनले समान २ तथा दिपक चाहारले १ विकेट लिए ।
जितसँगै चेन्नई ५ खेलमा ४ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा उक्लिएको छ । सनराइजर्स हैदरावाद ४ खेलमा ३ मा जित र १ हारसहित ६ अंकका साथ ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । कोलकता नाइटराइड तेस्रो र पन्जाव चौथो स्थानमा पुगेको छ ।
The post पञ्जावलाई हराउँदै धोनीको चेन्नई सुपर किंग्स आईपीएलको शीर्षस्थानमा appeared first on Sajha Post.