काठमाडौँ, २४ चैत । आज राति प्रिमियर लिगमा विशेष एक खेल हुँदैछन् । आर्सनलले इभर्टनको सामना गर्दैछ । यस सिजन ठिकै खेल खेलेको आर्सनललाई जित्नै पर्ने दबाब रहेको छ ।
च्याम्पियन्स लिगमा छनोट हुन शिर्ष चारमा पर्नु आवश्यक रहेको छ ।
लिगको चौथो स्थानमा रहेको आर्सनलको ३१ खेलमा ६३ अंक रहेको छ ।
तर, टोटनहम, चेल्सी र म्यानचेस्टर युनाइटेड पनि शिर्ष चारका लागि प्रतिस्पर्धा गरिरहेका छन् । इभर्टनले आर्सनललाई रोके ठुलो शिर्ष चारका लागि ठुलो झट्का लाग्ने अनुमान गरिएको छ ।
इभर्टन ४३ अंकका साथ लिगको १० औँ स्थानमा रहेको छ ।
The post आर्सनललाई जित्नै पर्ने दबाब appeared first on Sajha Post.