Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विराटको बैंगलोरविरुद्ध भिड्दै दिल्ली क्यापिटल, सन्दीप पहिलो रोजाईमा

$
0
0


एजेन्सी, २४ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार अपरान्ह रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स बीच खेल भइरहेको छ । दिल्ली क्यापिटल्सले टस जितेर फिल्डिङ रोजेको छ।

यो सिजनको सबैभन्दा कमजोर देखिएको भारतीय टोलीका कप्तान समेत रहेका विराट कोहलीको टिम बैंग्लोर अहिले ब्याटिङ गरिरहेको छ ।

बैंग्लोरले अहिलेसम्म खेलेका पाँचै खेल हारेको छ। दिल्लीले पाँचमध्ये दुई खेल जितेको छ। दिल्ली पछिल्ला दुई खेलमा लगातार पराजित भएको छ ।

नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पनि पहिलो रोजाइमा परेका छन् ।

सन्दीपले जारी खेलमा बैंगलोरविरुद्धको खेलमा दिल्ली क्यापिटल्सबाट पहिलो सफलता दिलाउने क्रममा पार्थिव पटेलको क्याच लिएका छन् । सन्दीप दिल्लीबाट यस सिजनको आइपीएलमा आज चौथो खेल खेल्दैछन् ।

दिल्लीले आजको खेल कुनै खेलाडी परिवर्तन गरेको छैन । लगातार पाँच खेलमा पराजित भएको बंगलोर पहिलो जितको खोजिमा छ ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन,पृथ्वी शा,श्रेयस ऐर(कप्तान) ऋषभ पन्त,कोलिन इनग्राम, क्रिस मोरिस,अक्षर पर्टेल,कागिसो रबाडा,सन्दीप लामिछाने,राहुल तवेतिया र ईशान्त शर्मा ।

The post विराटको बैंगलोरविरुद्ध भिड्दै दिल्ली क्यापिटल, सन्दीप पहिलो रोजाईमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles