काठमाडौँ, २५ चैत । गएराति भएको एफए कपको सेमिफाइनल खेलमा वाट्फोर्डले उल्भ्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । वाटफोर्डले उल्भ्सलाई ३-२ गोलले पराजित गरेको हो । कठिन जित हात पार्दै वाटफोर्डले फाइनलको यात्रा तय गरेको हो ।
खेलको ३६ औं मिनेटमा डोहेर्टीले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाए । उल्भ्सका लागि खेलको ६२ औं मिनेटमा जेमिनेजले दोस्रो गोल गरे । खेल सकिन १० मिनेट बाँकी रहँदा वाटफोर्डले सानदार कमव्याक गर्यो ।
खेलको ७९ औं मिनेटमा डेउलोफेउले गोल गरे । खेलको अन्तिम समयमा वाट्फोर्डका लागि डेनीले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।
पहिलो सेमिफाइनलमा ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटी यस अघि नै फाइनलमा पुगिसकेको छ । अब उपाधिका लागि वाटफोर्ड र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।
The post एफए कपको फाइनलमा म्यानचेस्टर सिटीले वाटफोर्डसँग प्रतिस्पर्धा गर्ने appeared first on Sajha Post.