Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पन्जाबमाथि मुम्बईको रोमान्चक जित

$
0
0

काठमाडौँ, २८ चैत । इण्डियन प्रिमियर लिगमा मुम्बईले किङ्स इलाभेन पन्जाबलाई ३ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले १९७ रन बनाएको थियो । १९८ रनको लक्ष्य पाएको मुम्बईले २० ओभर खेल्दै ७ विकेट गुमाउँदै सानदार जित निकाल्न सफल भएको थियो ।

मुम्बईको जितमा कप्तान केइरन पोलार्डले ८३ रन, क्विनटन डी ककले २४ रन, सुर्य कुमार यादवले २१ रन, हार्दिक पाण्डया १९ रन, सिद्देश लाड र अल्जारी जोसेफले समान १५र१५ रन जोडेका थिए ।

पन्जाबका मोहमद शामीले ३ विकेट लिए ।

पन्जाबका लागि लोकेश राहुलले १०० रन, गेलले ६३ रन जोडेका थिए । हार्दिक पाण्डयाले २ विकेट लिए ।

मुम्बईले ६ खेलबाट ८ अंक जोडेको छ । पन्जाबले ७ खेलबाट ८ अंक नै जोडेको छ ।

The post पन्जाबमाथि मुम्बईको रोमान्चक जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles