Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘बार्सिलोना पिएसजी जस्तो टोली होइन, कमव्याक गर्न कठिन छ’

$
0
0

काठमाडौँ, २८ चैत । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायले बार्सिलोनाविरुद्ध कमव्याक गर्न कठिन हुने बताएका छन् । बार्सिलोना यस सिजन उच्च फर्ममा रहेको छ ।

गएराति भएको च्याम्पियन्स लिग खेलमा म्यानु बार्सिलोनासँग १-० गोलले पराजित गरेपछि प्रशिक्षक ओले गनरले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पिएसजीसँग भएको खेलमा घरेलु मैदानमा म्यानु दुई गोलले पछि परेको थियो ।

तर, पिएसजी कै घरेलु मैदानमा म्यानुले तीन गोल फर्काएको थियो । तर, बार्सिलोना बलियो टोली भएका कारण र यस सिजन उच्च फर्ममा रहेकाले कमव्याक गर्न कठिन हुने उनले बताएका छन् ।

उनले बार्सिलोनाको मैदानमा कमव्याक गर्न हरसम्भव प्रयास गर्ने समेत बताएका छन् ।

The post ‘बार्सिलोना पिएसजी जस्तो टोली होइन, कमव्याक गर्न कठिन छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles