काठमाडौँ, २९ चैत । इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सलाई चेन्नईले ४ विकेटले पराजित गरेको छ । यो चेन्नईले छैटौं जित हो ।
राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईलाई दिएको थियो । प्रतिजबाफमा उत्रिएको चेन्नईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
चेन्नईको जितमा कप्तान महेन्द्र सिंह धोनीले ५८ रन, रायडुले ५७ रन, मिचेल स्टाननरले अविजित १० तथा रविचन्द्र आश्विनले अविजित ९ रन जोडे ।
राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक एक विकेट लिएका थिए ।
पहिलो व्याटिङ गरेको राजस्थानले १५१ रन बनाएको थियो ।
राजस्थानका लागि बेन स्टोक्सले २८ रन, जोस बट्लरले २३ रन, रियन परागले १६ , स्टिभ स्मिथले १५ तथा कप्तान अजिंका रहानेले १४ रन, श्रेयस गोपाल १९ रन, जोफ्रा आर्चरले अविजित १३ रन जोडे । चेन्नईका रविचन्द्र आश्विन,सार्दुल ठाकुर र दिपक चाहरले दुईदुई विकेट लिए ।
चेन्नईले ७ खेलबाट १२ अंक जोडेको छ । राजस्थान २ अंकका साथ लिगको पुछारमा छ ।
The post इण्डियन प्रिमियर लिगः चेन्नईले राजस्थानलाई हरायो appeared first on Sajha Post.