काठमाडौँ, १ वैशाख । प्रिमियर लिगमा टोटेनहमले लिगको अन्ति स्थानमा रहेको हडर्सफिल्ड टाउनलाई ४-० गोलले पराजित गर्न सफल भएको छ ।
प्रिमियर लिगमा पछिल्लो समय प्रभावशाली खेल खेल्न नसकेको टोटेनहमलाई यो जितले राहत दिएको छ । उसका लागि लुकास मौराले ह्याट्रिक गरेका थिए भने भिक्टोर वान्यामाले एक गोल गरे ।
टोटनहमका लागि भिक्टर वानयामाले खेलको २४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलको २७ औं मिनेटमा लुकासले गोल गरे ।
खेलको ८७ औं, खेलको अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।
जितसँगै टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ । उसको ३३ खेलबाट ६७ अंक भएको छ । लिगको २० औँ स्थानमा रहेको हडल्सफिल्डको १४ अंक रहेको छ ।
The post टोटनहमको सानदार जित, लिगको तेस्रो स्थानमा उक्लियो appeared first on Sajha Post.