काठमाडौँ, १ वैशाख । आज राति प्रिमियर लिगमा लिभरपुलले चेल्सीसँग आमने सामने गर्दैछ ।
यस सिजन उच्च फर्ममा रहेको लिभरपुल प्रिमियर लिग उपाधि जित्ने दाउमा रहेको छ भने चेल्सी शिर्ष चारमा पर्न खेल जित्नै पर्ने दबाबमा रहेको छ ।
यस सिजन खासै गतिलो खेल खेल्न नसकेको चेल्सी पछिल्लो समय फर्ममा रहेको छ । सन् २०१४ मा पनि लिभरपुल उपाधि होडमा रहेको थियो ।
तर, चेल्सीविरुद्धको खेलमा पराजित भएपछि प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो । स्टेभेन जेरार्ड चिम्लिएपछि डेम्बाले बाले चेल्सीका लागि गोल गरेका थिए ।
सन् २०१४ को गल्ती यस सिजन लिभरपुल दोहोराउने पक्षमा छैन । यस सिजन चेल्सीमा पनि धेरै समस्या रहेका कारण लिभरपुलले घरेलु मैदानको फाइदा उठाउँदै खेल जित्ने अनुमान गरिएको छ ।
शिर्ष स्थानमा रहेको लिभरपुलको ८२ अंक रहेको छ भने चेल्सीको ६४ अंक रहेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको म्यानसिटीको ८० अंक रहेको छ ।
The post म्याच प्रिभ्युः उपाधि दौडमा तँगारो बनेको चेल्सीलाई पछार्ने दाउमा लिभरपुल appeared first on Sajha Post.