काठमाडौँ, १ वैशाख । गएराति भएको स्पेनिस लिगमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २-० गोलले पराजित गरेको छ ।
खेलको ४२ औँ मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।
खेलको ७४ औँ मिनेटमा अल्भारो मोराटाले एट्लेटिकोका लागि दोस्रो गोल गरे । यस सिजन बार्सिलोनालाई पछ्याएको एट्लेटिको गएका हप्ता बार्सिलोनासँग पराजित भएको थियो ।
यो जितसँगै एट्लेटिकोको ६५ अंक भएको छ । एट्लेटिको लिगको दोस्रो स्थानमा रहेको छ । शिर्षस्थानमा रहेको बार्सिलोनाको ७४ अंक रहेको छ । सेल्टाभिगो ३२ अंकका साथ लिगको १६ औँ स्थानमा रहेको छ ।
The post एट्लेटिकोले बार्सिलोनासँगको अंकदुरी घटायो appeared first on Sajha Post.