Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बोरुसिया डर्टमण्ड लिगको शिर्षस्थानमा उक्लियो

$
0
0

काठमाडौँ, १ वैशाख । गएराति भएको खेलमा बोरुसिया डर्टमण्डले मेन्जलाई २–१ गोलले पराजित गरेको छ । यो जितसँगै बोरुसिया शिर्षस्थानमा उक्लिएको छ ।

डर्टमण्डलाई जित दिलाउन जाडोन साञ्चोले दुई गोल गरे । उनले यस सिजन ११ गोल गरिसकेका छन् ।

डोर्टमण्डका लागि खेलको १७ औ मिनेटमा साञ्चोले गोल गर्दै अग्रता दिलाए । खेलको २४ औ मिनेटमा उनले दोस्रो गोल गरे । तर, खेलमा फर्कन कोसिस गरेको मेन्जका लागि ८३ औ मिनेटमा क्विसनले एक गोल फर्काएका थिए ।

डर्टमण्डले २९ खेलबाट ६६ अंक जोड्न सफल भएको छ ।

दोस्रो स्थानमा रहेको बार्यन म्युनिखको ६४ अंक रहेको छ ।

मेन्ज ३३ अंक सहित १२ औ स्थानमा छ ।

The post बोरुसिया डर्टमण्ड लिगको शिर्षस्थानमा उक्लियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles