Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पिएसजीको सिजनकै लज्जास्पद हार

$
0
0

काठमाडौँ, २ वैशाख । फ्रेन्च लिग लिग वानमा पीएसजीले सिजनकै लज्जास्पद हार व्यहोरेको छ । लिगको दोस्रो स्थानमा रहेको पीएसजीलाई लिलीले ५–१ गोलले पराजित गरेको हो ।

खेलको सातौ मिनेटमा थोमस म्युनिरको आत्मघाति गरेपछि लिलीले खेलमा अग्रता बनाएको थियो । तर, पिएसजीका लागि जुवान वर्नाटले बराबरी गोल फर्काए ।

तर, खेलको ३६ औँ मिनेटमा उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । १० जनामा सिमित बनेको पिएसजीले लिलीलाई रोक्न सकेन ।

खेलको ५१ औँ मिनेटमा निकोलास पेपेले गोल गर्दै लिलीलाई अग्रता दिलाए । खेलको ६५ औँ मिनेटमा जोनाथन बाम्बाले गोल गरे । खेलको ७१ औँ मिनेटमा डिफेन्डर ग्योबरियलले गोल गरे । खेलको ८४ औँ मिनेटमा जोसे फन्टीले गोल गरे ।

शीर्ष स्थानको पीएसजीको ३१ खेलबाट ८१ अंक छ । लिलीको ६४ अंक रहेको छ ।

The post पिएसजीको सिजनकै लज्जास्पद हार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles