काठमाडौँ, २ वैशाख । बुण्डेसा लिगामा वायर्न म्युनिखले सहज जित निकाल्दै पुनः शिर्षस्थानमा उक्लिएको छ ।
फोर्चुना डुसेलड्रोफलाई बार्यनले ४-१ गोल पराजित गर्न सफल भएको हो ।
वायर्नलाई जित दिलाउन किंग्सले कोम्यानले दुई गोल गरेका थिए भने सेर्गी गेनब्री र लियोन गोर्टेज्काले एक एक गोल गरेका थिए । फोर्चुनाका लागि डुसेलड्रोफले एकमात्र गोल गरे ।
बुण्डेसा लिगामा बार्यन र बोरुसिया डोर्टमण्डको कडा प्रतिस्पर्धा चलिराखेको छ । वायर्नले २९ खेलबाट ६७ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको डर्टमण्डको ६६ अंक रहेको छ । डुसेलड्रोफ ३७ अंक जोडेर १० औं स्थानमा छ ।
The post सानदार जित निकालेको बार्यन शिर्षस्थानमा उक्लियो appeared first on Sajha Post.