काठमाडौं, २ वैशाख । अहिले भारतमा इन्डियन प्रिमियर लिग(आईपीएल) चलिरहेको छ । आईपीएलको हरेक सिजनमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको मनोनयन सुरु भएको छ ।
यसमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।
मनोनयमा रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल रहेका छन् । प्रतियोगी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भइसकेको छ ।
गत वर्ष ऋषभ पन्तले जितेको यो अवार्डका लागि यस सिजनमा भोट गर्न आईपीएलको आधिकारीक वेवसाईटमा जानुपर्ने हुन्छ ।
सन्दीपलाई भोट गर्न यहाँ थिच्नुहोस्
The post सन्दीप आईपीएलको इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा, यसरी गर्न सकिन्छ भोट appeared first on Sajha Post.