नयाँ दिल्ली, २ वैशाख । आईसीसी विश्वकप २०१९ खेल्ने भारतीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आज भारतीय क्रिकेट बोर्डले कप्तान विराट कोहलीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीको कप्तानी कोहलीले पाउँदा उपकप्तानको जिम्मेवारी रोहित शर्मालाई दिइएको छ । मे ३० देखि इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा भारतीय टोली बलियो टोलीका रुपमा रहेको छ । भारतीय टोलीमा कप्तान कोहलीसँगै रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिंह धोनी र केदार ज्यादव छन् ।
यस्तै, दिनेश कार्तिक, युज्भेन्द्र चाहाल, कुलदिप यादव, भुवनेश्वर कुमार, जस्प्रीत बुम्राह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र मोहम्मद शामी पनि टोलीमा रहेका छन् ।
The post एकदिवसीय विश्वकपका लागि कोहलीकै नेतृत्वमा भारतीय टोली घोषणा appeared first on Sajha Post.