नयाँ दिल्ली, ५ वैशाख । इण्डियन प्रिमियर लिगको १२औं सिजनको ३४ औं खेल बिहीबार हुँदैछ । फिरोजशाह कोटा रंगशालामा राति सवा ८ बजे सुरु हुने खेलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।
दिल्लीले आफ्नो पछिल्ला तीन खेलहरु जित्दै आइरहेको छ । मुम्बई इण्डियन्सले पनि पछिल्ला ५ खेलमा ४ खेल जितिसकेको छ । दुवै टोलीले ८ खेलमा १०-१० अंक जोडेका छन् । तर रनरेटका आधारमा दिल्ली दोस्रो र मुम्बई तेस्रो स्थानमा रहेका छन् ।
आईपीएलमा दिल्ली र मुम्बईबीच अहिलेसम्म २३ खेल भइसकेको छ । यसमा दिल्लीले १२ र मुम्बईले ११ पटक जितेका छन् । दुवै टोलीबीच ५ खेलमा दिल्लीले ३ र मुम्बईले २ खेलमा जित हासिल गरेको छ । दिल्लीले मुम्बईविरुद्धको पछिल्ला तीनवटै खेलहरुमा जित निकाल्दै आएको छ ।
मुम्बईले दिल्लीलाई पछिल्लो पटक ६ मे २०१७ मा हराएको थियो । फिरोजशाह कोटलामा भएको उक्त खेलमा मुम्बईले पहिला बलिङ गर्दै ३ विकेटमा २१२ रन बनाएको थियो । दिल्लीले भने १३.४ ओभरमा केवल ६६ रन जोड्दै अलआउट भएको थियो । त्यसपछि दुई टोलीबीच ३ खेल भएका छन् । ती तीनवटै खेलमा दिल्लीले विजय दर्ता गर्दै आएको छ ।
घरेलु मैदानमा दिल्लीले आईपीएलको ७० खेल खेलिसकेको छ । जसमध्ये दिल्लीले केवल ३० खेल जितेको छ, ३८ मा पराजित बनेको छ, एक खेल रद्द भएको छ भने एक खेलमा कुनै पनि नतिजा निकाल्न सकिएको थिएन ।
उता मुम्बई इण्डियन्सले यस मैदानमा १३ खेलमा ६ खेल जितेको छ ।
पछिल्लो समय दुवै टिम फर्ममा रहेका छन् । दिल्लीसँग शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यर र ऋषभ पन्तजस्ता ब्याट्सम्यानहरु छन् । त्यसो त, मुम्बईसँग पनि जसप्रित बुमराह, लसिथ मलिंगा र क्रुणाल पन्ड्या जस्ता बलर रहेका छन् । ब्याट्सम्यानमा रोहित शर्मा, क्विटन डि कक र हार्दिक पाण्डेय रहेका छन् ।
यस्तो छ दुई टिमहरु-
दिल्ली क्यापिटल्सः श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकीपर), पृथ्वी शा, अमित मिश्रा, आवेश खान, राहुल तेवतिया, जयंत यादव, कोलिन मुनरो, क्रिस मोरिस, कगिसो रबाडा, सन्दीप लामिछने, ट्रेन्ट बोल्ट, शिखर धवन, हनुमा विहारी, अक्षर पटेल, ईशान्त शर्मा, अंकुश बैंस, नाथू सिंह, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, कीमो पल, जलज सक्सेना, बन्डारू अयप्पा।
मुम्बई इण्डियन्स : रोहित शर्मा (कप्तान), हार्दिक पण्ड्या, युवराज सिंह, क्रुणाल पण्ड्या, ईशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, मयंक मार्कंडेय, राहुल चाहर, अनुकूल राय, सिद्धेश लाड, आदित्य तारे, क्विंटन डीकक, एविन लुईस, कीरोन पोलार्ड, बेन कटिंग, मिशेल मैक्लेनगन, एडम मिल्ने, जेसन बेहरेनडर्फ, अनमोलप्रीत सिंह, बरिंदर सरन, पंकज जायसवाल, रसिख सलाम, जसप्रीत बुमराह।
The post आईपीएलः सन्दीपको दिल्ली र मुम्बई इण्डियन्स भिड्दै, यस्तो छ इतिहास appeared first on Sajha Post.