काठमाडौं, ६ वैशाख । आईपीएलमा आज यो सिजनको ३५औं खेलको रुपमा कोलकत्ता नाईट राईडर्स् र रोयल च्यालेन्जर बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।
कोलकत्तास्थित इडेन गार्डेन्समा आज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने छ । र, दुवै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । कोलकत्ता ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । उसले लगातार ३ खेल हारेर दोस्रो स्थानबाट छैटौं स्थान रोजेको हो ।
बैंगलोरले यस सिजन मात्र १ जित हात पारेको छ । लिगको पुछारमा रहेको बैंगलोरले ८ खेलबाट २ अंक जोडेको छ । बैंगलोरले आज जित निकाल्न सके उसको प्ले अफमा सम्भावना जीवितै हुन्छ । यदि पराजित भएमा ऊ प्ले अफबाट बाहिरिनेछ ।
The post आईपीएलः जित्नै पर्ने दबावमा कोलकत्तासँग भिड्दै बैंगलोर appeared first on Sajha Post.