Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कोहली र अली चम्कँदा बैंगलोरलाई रोमाञ्चक जित

$
0
0


एजेन्सी, ७ वैशाख । ‘गर वा मर’को अवस्थामा मैदानमा पसेको रोयल च्यालेञ्जर्स बैंगलोरले रोमाञ्चक जित निकालेको छ । कप्तान विराट कोहलीले शतक र मोईन अलीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकालेको हो ।

शुक्रबार राती सम्पन्न रोमान्चक खेलमा बेंगलोरले कोलकता नाईट राईटर्सलाई १० रनले हरायो । २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३ रन बनाउन सक्यो ।

कोलकतालाई जितको लागि अन्तिम १२ बलमा ४३ रनको विशाल स्कोर चाहिएपछि १९ औं ओभरको अन्तिम तीन बलमा रसेलले लगातार तीन छक्का प्रहार गर्दै १९ रन बटुलेका थिए । तर, मोईन अलीले १३ रन खर्चेर आन्द्रे रसेललाई रन आउट गराएपछि बेंगलोरले रोमाञ्चक जित निकालेको हो ।

किनकी, अन्तिम बलमा नितेश रानाले छक्का प्रहार गरेपनि त्यो जितको लागि प्रयाप्त थिएन ।

आन्द्रे रसेलले विस्फोटक ब्याटिङ गर्दै २५ बलमा ९ छक्का र २ चौकासहित ६५ रन जोडे पनि कलकत्तालाई जिताउन सकेनन् । उता नितिश राना पनि ४६ बलमा ८५ रन ल्याउँदै अविजित रहे । उनले ५ छक्का र ९ चौका प्रहार हिर्काए ।

कलकत्ताले खराब सुरुवात गर्दै १४ ओभरसम्म १०१-४ मात्र जोडेको थियो । कोलकताका ओपनर क्रिस लिन १, सुनिल नारायण १८,रोविन उथप्पा र सुभमन गिल समान ९-९ रनमा आउट भएपछि कलकत्ता पराजित मानसिकतामा थियो । तर आन्द्रे रसेल र नितेश रानाले विस्फोटक ब्याटिङ गर्दै पाँचौ विकेटका लागि १ सय १८ रनको साझेदारी गरेर टोलीलाई आक्रामक बनाएका थिए ।
बेंगलोरका डेल स्टेनले २, मार्कस स्टोइनिस र नन्दीप सैनीले समान १ विकेट लिएर कलकत्ताको ब्याटिङलाई कमजोर बनाएका थिए ।

त्यसअघि कोलकताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो । कप्तान विराट कोहलीले सानदार शतक हिर्काएर लामो समयको निराशालाई आशामा बदले । यो उनको आईपीएल करिअरको पाँचौ शतक हो । उनी ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै रनमा १ सय रनमा आउट भएका हुन् ।

निराश अवस्थामा रहेको कोहली र टिमलाई मोईन अलीले आश्चर्यजनक ब्याटिङ गरे । उनलेले मात्र २८ बलमा ६ छक्का र ५ चौका सहित ६६ रनमा क्याच आउट भए ।

कोलकताका लागि सुनिल नारायण,आन्द्रे रसेल, हेरी गुर्नी, कुलदीप यादवले समान एक विकेट खसाले ।

The post कोहली र अली चम्कँदा बैंगलोरलाई रोमाञ्चक जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles